अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान नेपाली जनताको साझा उपलब्धि र गौरव हो : अध्यक्ष ओली 

संविधान नेपाली जनताको साझा उपलब्धि र गौरव हो : अध्यक्ष ओली 


काठमाडौँ–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संविधान नेपाली जनताको भविष्यको गोरेटो भएको बताउनुभएको छ । आज संविधान दिवस (राष्ट्रिय दिवस) २०८० को अवसरमा नारायण चौरमा आयोजित ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रममा बोल्दै उहाँले संविधान  नेपाली जनताको साझा उपलब्धि र गौरव भएको बताउनुभयो । 

अध्यक्ष ओलीले संविधान नेपाल र नेपाली जनताको उपलब्धि भएको बताउनुभयो ।

‘जसरी राष्ट्रिय दिवसको रुपमा संविधान मनाइरहेका छौँ । यो सरकारी दिवस होइन, यो त सरकारको पनि दिवस हो’, उहाँले भन्नुभयो, ‘आज आम नेपाली जनताको दिवस हो । नेपालको उपलब्धि हो । नेपाली जनताको उपलब्धि हो । नेपालको भविष्यको गोरेटो हो यो संविधान ।’

अध्यक्ष ओलीले संविधान कुनै एक वर्ग, जाति, भूगोल विशेषको मात्र नभएर मेची– महाकालीदेखि विदेशमा रहेका सम्पूर्ण नेपालीको  गौरवको विषय भएको बताउनुभयो ।  

उहाँले भन्नुभयो,’यो दिवस एउटा पार्टी विशेषको दिवस होइन । एउटा विचार, जाति, भूगोल, पेशा व्यवसाय विशेषको दिवस होइन यो त सम्पूर्ण नेपाली जनता मेची–महाकालीदेखि प्रवासमा जहाँ भएपनि नेपाली जनताको साझा उपलब्धिको साझा दिवस हो । साझा गौरवको साझा दिवस हो । सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस हो ।’ 

संविधान दिवसको अवसरमा एमालेले नारायण चौरमा राष्ट्रिय ‘झण्डासँग सेल्फी’ कार्यक्रमको आयोजना गरेको थियो ।