अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई भेटेर शेखरको चेतावनी: तपाईं नसच्चिने भए आफ्नो ढंगले अघि बढ्छु

देउवालाई भेटेर शेखरको चेतावनी: तपाईं नसच्चिने भए आफ्नो ढंगले अघि बढ्छु


काठमाडौँ-नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। पार्टीको नियमित केन्द्रीय कार्यसमितिको बैठक अघि पार्टी र राष्ट्रिय राजनीतिमा पार्टीले गरेका निर्णय र समसामयिक राजनीतिक विषयमा सभापति देउवाको ध्यानाकर्षण गराउन नेता कोइराला आफूनिकट पदाधिकारीहरूसहित धुम्बाराही पुग्नु भएको थियो । बुधबार बिहान ११ बजे देउवा र कोइरालाबीच करिब पौने घण्टा कुराकानी भएको थियो ।

छलफलमा उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार समेत सहभागी हुनुहुन्थ्यो। त्यस क्रममा नेता कोइरालाले पार्टी सञ्चालनका क्रममा सभापति देउवाले निरन्तर एकलौटी रुपमा निर्णय गर्ने र विधानविपरीत कार्य गर्ने गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएकाे थियाे ।

‘तपाईंले पार्टीमा एकपछि अर्को विधानविपरीत कार्य गर्ने कुरा रोकिएन । न पार्टीभित्र छलफल हुन्छ, न कसैसँग छलफल र संवाद गर्नुहुन्छ,’ भेटमा नेता कोइरालाले देउवालाई भनेको उद्धृत गर्दै एक नेताले सुनाए ‘तपाईको निर्णयले पार्टीभित्र सबैलाई समान र न्यायोचित वितरण हुन सकेको छैन । अर्कोतिर राष्ट्रिय राजनीतिमा पनि तपाईंका निर्णयले कांग्रेसलाई नै हानी पुगिरहेको छ ।’

नेता कोइरालाले सरकार र मन्त्रीहरूको चयनमा छलफल नगरिएको गुनासो गर्नुभएको थियो। त्यस्तै, कोशी प्रदेशमा सरकार गठनका विषयमा पार्टीले लिएको बाटो गलत रहेको उल्लेख गर्दै नेता कोइरालाले त्यसकारण कांग्रेसकै बदनाम गर्ने काममात्रै भएको बताउनु भयो । ‘कोशी प्रदेशमा सरकार गठनको विषयले कांग्रेसको बद्नाममात्रै भयो । तपाईको गलत निर्णयका कारण एकपछि अर्को गरी कांग्रेस अपमानित हुने अवस्था बनेको छ,’ कोइरालाले भन्नुभयो।