अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षक आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त

शिक्षक आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त


काठमाडौँ-शिक्षक आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। काठमाडौंको थापाथली, माइतीघर, सिंहदरवार, नयाँ बानेश्वर लगायतका क्षेत्रमा सवारी आवागमन ठप्प भएको छ। 

त्यस्तै खोला किनार (करिडोर) का सडकमा समेत अत्यिधक जाम बढेको छ। काठमाडौँको भित्री सडकमा सार्वजनिक सवारी साधन प्रवेशमा निषेध गरिएको छ भने भित्री सडकमा पनि निजी सवारी साधनलाई मात्रै प्रवेश दिइएको छ। त्यसैले यी सडक भएर चल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले अन्य सडक प्रयोग गर्न भनेको छ र  नयाँ बानेश्वर चोक र माइतीघरबाट डाइभर्सन गरेको छ । त्यसैले बागमती करिडोर, धोबिखोला करिडोर, मनोहरा करिडोर आदि करिडोर सडकमा सवारी साधनको अत्यधिक चाप देखिएको छ।

साँघुरो सडकमा एक्कासी धेरै सवारी साधन आउँदा र ट्राफिक व्यवस्थापनको उपयुक्त विकल्प नभएका कारण करिडोर सडकहरु अस्तव्यस्त देखिएका छन् ।

आन्दोलनका कारण काठमाडौँका सबैजसो स्थानमा सुस्तरुपमा सवारीसाधन गुडेका छन् ।