अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान कार्यान्वयनबाटै समाजवादको आधार तयार हुन्छः युवराज ज्ञवाली

संविधान कार्यान्वयनबाटै समाजवादको आधार तयार हुन्छः युवराज ज्ञवाली


देउखुरी-नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनबाटै समाजवादको आधार तयार पार्न सकिने बताउनुभएको छ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटिले बुधवार संविधान दिवसको अवसरमा राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले संविधानमा लेखिएका अधिकार कार्यान्वयनबाटै मुलुक समृद्ध हुनसक्ने भएकाले संविधानको पूर्ण कार्यान्वयन नै अहिलेको मुख्य आवश्यकताको बिषय रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘दलाल पुँजीवाद जुलुस नारा लगाएर, बन्दुक पड्काएर खत्तम हुँदैन। कुशलतापूर्वक संविधान लागु गरेर देश आत्मनिर्भर हुँदै जाने छ। तब मात्रै दलाल पुँजीवादको अन्त्य हुनेछ। समाजवादमा पुग्ने लक्ष्य संविधानले बोकेको छ।  समाजवादको आधार तयार गर्न संविधानलाई राम्रोसँग कार्यान्वयन गर्नुपर्ने छ। संविधान ठीकसँग कार्यान्वयन गर्नुपर्यो। मौलिक हक कार्यान्वयन गर्नुपर्ने छ। यो संविधानले समाजवादको आधार तयार पार्ने दृष्टिकोण दिएको छ। जति जति संविधान लागू हुँदै जानेछ। त्यतित्यति समाजवादको आधार तयार हुँदै जाने छ।’

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश ईञ्चार्ज तथा केन्द्रीय सचिव पद्मा अर्यालले संविधानको रक्षा, कार्यान्वयनका लागि सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। 

दलाल पुँजीवाद जुलुस नारा लगाएर, बन्दुक पड्काएर खत्तम हुँदैन। कुशलतापूर्वक संविधान लागु गरेर देश आत्मनिर्भर हुँदै जाने छ। तब मात्रै दलाल पुँजीवादको अन्त्य हुनेछ। समाजवादमा पुग्ने लक्ष्य संविधानले बोकेको छ।  समाजवादको आधार तयार गर्न संविधानलाई राम्रोसँग कार्यान्वयन गर्नुपर्ने छ। संविधान ठीकसँग कार्यान्वयन गर्नुपर्यो। मौलिक हक कार्यान्वयन गर्नुपर्ने छ। यो संविधानले समाजवादको आधार तयार पार्ने दृष्टिकोण दिएको छ।

‘यो संविधान समानतामा आधारित छ। संविधानको मुटु प्रस्तावनामा समानतालाई आत्मसात् गरेको उत्कृष्ट संविधान हो । जनतामा अधिकार प्रत्याभूत गरेको छ’ उहाँले भन्नुभयो, ‘अब संविधानको पूर्ण कार्यान्वयनको अवस्थामा पुग्नुपर्ने छ।’

नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले ठूलो बलिदानीबाट प्राप्त उपलब्धि संविधान रहेको चर्चा गर्नुभयो । उहाँले संविधानका बिरुद्धमा प्रतिक्रान्तिकारीहरू सलबलाउन थालेको उल्लेख गर्दै त्यस्ता गतिविधि सफल हुने छैनन् भन्नुभयो । 

अर्का पोलिटव्यूरो सदस्य दधिराम न्यौपानेले सहिदहरूको बलिदानीबाट प्राप्त उपलब्धि संविधान भएको र संविधान बनाउँदा मिलेका शक्तिहरू एकठाउँमा उभिनुपर्ने तर्क गर्नुभयो । उहाँले  भन्नुभयो, ‘संविधानको कार्यान्वयन गर्दै आर्थिक विकास र समृद्धिको दिशामा मुलुकलाई अघि बढाउनुपर्ने छ ।’

यस्तै पोलिटव्यूरो सदस्य शान्ता चौधरीले संविधानले समानुपातिक समावेशीको अधिकार ग्यारेन्टी गरेको बताउनुभयो । संविधानले सबैको अधिकार सुनिश्चित गरेको र यसबाटै मुलुक अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

पार्टीका केन्द्रीय सदस्य भागवत विश्वासीले सबैखाले विभेदको अन्त्य संविधानले गरेको उल्लेख गर्दै संविधानको पूर्ण कार्यान्वयन अहिलेको प्रमुख बिषय रहेको बताउनुभयो । 

अर्का केन्द्रीय सदस्य साजिदा सिद्धिकीले संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताउनुभयो । उहाँले संविधानले सबै क्षेत्रलाई न्याय गरेको उल्लेख गर्नुभयो । 

नेकपा (एमाले) दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले संविधान कार्यान्वयनको लागि दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव लक्ष्मण आचार्यले गर्नुभएको थियो ।