अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै, नेताहरुले धारणा राख्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै, नेताहरुले धारणा राख्ने


काठमाडौँ–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक आज ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । आजको बैठकमा नेताहरुले आ आफ्नो धारणा राख्नुहुनेछ । 

हिजोदेखि सुरु भएको बैठकको पहिलो दिन एक दर्जन नेताहरुले आफ्नो धारणा राखेका थिए ।  बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका छन् । 

हिजोको बैठकमा महासमितिको बैठक मङ्सिर १३,१४ र १५ गते काठमाडौँमा गर्ने प्रस्ताव पेस भएको थियो ।  

बैठकमा महामन्त्री गगनकुमार थापाले अहिलेसम्म भएका कामको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकमा कार्यवाहक प्रधानमन्त्री तथा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा जानकारी गराएका थिए ।