अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमन्त्री  खेमराज भट्ट मायालुको निधन

पूर्वमन्त्री  खेमराज भट्ट मायालुको निधन


काठमाडौँ – पूर्वमन्त्री  खेमराज भट्ट मायालुको निधन भएको छ । क्यान्सर रोगबाट पीडित भट्टको काठमाडौँको बीर अस्पतालमा उपचारको क्रममा आज निधन भएको बताइएको छ ।  

२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बन्नुभएको थियो । मायालु गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् । 

रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो । मायालु त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए ।