अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिमाथि अध्यक्ष ओलीको टिप्पणी: बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ

राष्ट्रपतिमाथि अध्यक्ष ओलीको टिप्पणी: बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबारे कडा टिप्पणी गर्नुभएको छ। सरकारले जे लग्यो, त्यही स्वीकार गर्ने गरेको उहाँले बताउनु भयो।

पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले अपराधीलाई आममाफी दिएर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ। सरकारले जे लग्यो, त्यो बडो खुसीका साथ स्वीकार्नु हुन्छ। अब यो स्थितिमा अब राज्यको यो ग्र्याजुएशन, विकास, गरिबी निवारणलगायतका कुराहरुमा राज्यको ध्यानै छैन।’

अध्यक्ष ओलीले सरकारको ध्यान शान्ति प्रक्रियालाई टुंग्याउने भन्दा पनि हिंसालाई उत्सवको रुपमा मनाउनेतिर रहेको बताउनु भयो ।