अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतले आठ वर्ष अघि गरेको नाकाबन्दी अध्यक्ष ओलीको स्मरणमा यस्तो छ

भारतले आठ वर्ष अघि गरेको नाकाबन्दी अध्यक्ष ओलीको स्मरणमा यस्तो छ


काठमाडौं -नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आठ वर्ष अघि भारतले आजकै दिन सुरु गरेको नाकाबन्दीको स्मरण गर्नुभएको छ । संविधानसभाबाट संविधान जारी गरेपछि त्यसको खिलापमा रहेको भारतले नेपालका दक्षिणीसिमाबाट हुने आयातलाई पूर्णत बन्देज लगाएको थियो । नेपाल विरोधी भारतको यो अभियानमा आफूलाई मधेस केन्द्रित दलका नेता भन्ने उपेन्द्र यादव,महन्थ ठाकूर,राजेन्द्र महतो लगायतले साथ दिएका थिए ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्दै आफूले यस दिनलाई कहिल्यै विर्सन नसक्ने दिनको रुपमा स्मरण गर्ने बताउनुभएको छ । उहाँले लेख्नु भएको छ – अस्पतालमा अक्सिजन,औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो । इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं। देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब छ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।
अध्यक्ष ओलीले नाकाबन्दी सुरु भएको दिनलाई नेपाल आत्मनिर्भरताको प्रेरणाको दिनका रुपमा लिएको बताउनुभएको छ । अबका दिनमा कसैले जतिसुकै प्रहार गरे पनि आत्मनिर्भरताको अभियानलाई जारी राख्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले नाकाबन्दीको त्यो त्रासदीपूर्ण दिनको सुरुवात आम जनताले कसरी सम्झेका होलान् भनेर जिज्ञासा पनि राख्नुभएको छ ।
नाकाबन्दीको १९ दिनपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । त्यसपछि उहाँले भारतसँग घुँडा नटेक्ने बरु सामना गर्ने नीति लिनुभयो । तत्कालिन प्रधानमन्त्री ओलीको यो अडानमा आम नेपाली जनताले साथ दिए । भारतले आफ्नो देश भ्रमणका लागि पटक पटक आमन्त्रण गरेपनि नाकाबन्दी अन्त्य नभएसम्म नजाने अडान लिनुभयो । अन्तत २०७२ को फागुनको सुरुमा भारतले नाकाबन्दी अन्त्य गरेको घोषणा गर्यो ।
अध्यक्ष ओलीले भारतको एकाधिकार अन्त्य गर्ने चीनसँग पनि व्यापार तथा पारवहान सन्धी गर्नुभयो ।