अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य गिरी र सानुमाया मगर एमालेमा प्रवेश (तस्वीरहरू)

माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य गिरी र सानुमाया मगर एमालेमा प्रवेश (तस्वीरहरू)


काठमाडौं-नेकपा माओवादी केन्द्रका दुई पूर्व केन्द्रीय सदस्यहरु एमाले प्रवेश गर्नुभएको छ। पूर्वमाओवादी नेताहरु कुलानन्द गिरी तथा सानुमाया मगर नेकपा एमालेमा प्रवेश गर्नुभएको हो। 

उहाँहरु एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा पुगेर ओलीको हातबाट खाता टिका लगाएर एमाले प्रवेश गर्नुभएको हो। 

लामो समय रोल्पाको शैक्षिक विकासमा जुटेका ‘गिरीलाई धेरैजसो रोल्पालीहरू गुरु नै मान्छन्।’ उहाँ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका सहपाटीसमेत हुनुहुन्छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पार्टीले रोल्पास्थित त्रिवेणी गाउँपालिकाकाे अध्यक्षको टिकट नदिएपछि उहाँ बागी उम्मेदवारसमेत बन्नुभएकाे थियाे। त्योबेला गिरीलाई अध्यक्ष प्रचण्ड र उपाध्यक्ष महराले ‘राजदूत वा सांसद’को अफर गरेका थिए। तर उहाँ नेतृत्वको आश्वासन लत्याउँदै माओवादीविरुद्ध विद्रोही बनिछाड्नुभयाे।

महरा र गिरी विगतमा रोल्पाको एउटै स्कुलमा पढाउँनु हुन्थ्याे उहाँहरूको राजनीतिक जीवन पनि लगभग एकै समयमा सुरु भएको हो। तर, महराले राजनीतिमा फड्को मारेर पटक–पटक सभामुख–मन्त्री खाइसक्दा गिरी भने जहाँको त्यहीँ हुनुहुन्छ।

पूर्वयुवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइली, एमाले पूर्वसांसद गोकुल घर्तीलगायतलाई गिरीले पढाउनुभएकाे थियाे। उहाँ जुँगार मावि रोल्पाको प्राचार्य पद छाडेर माओवादी युद्धमा लाग्नुभएकाे थियाे।