अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाएरै छाड्छु: अध्यक्ष ओली

‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाएरै छाड्छु: अध्यक्ष ओली


काठमाडाैं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाएर छोड्ने प्रतिबद्धता जनाउनुभएकाे छ।

आज शनिबार भक्तपुरमा दीपेन्द्र राज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले अघि सारेकाे समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा पूरा गरेरै छाड्ने बताउनुभयाे।

भारतमा सुवाषचन्द्र बाेसकाे उदाहरण दिँदै उहाँले भन्नुभयाे, ‘भारतमा सुवाषचन्द्र बाेसले भनेका थिए– तपाईं रगत दिनुस् म आजादी दिनुस्, तपाईंहरु साथ दिनुस्, म समृद्ध नेपाल सुखी नेपालीकाे परिकल्पना साकार पार्छु, त्याे मैले भन्नैपर्छ।’

सहयाेग सबैकाे लिनुपर्ने तर लाेभ गर्न नहुने बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे, ‘सहयाेग त सबैसँग लिनुपर्छ, लाेभ गर्नु हुँदैन, याे समाज सुन्दर बनाउनका लागि सहयाेग लिनैपर्छ, मैले त झन् सहयाेग गर्नुस् भन्नैपर्छ।’

कसैसँग अनुचित अपेक्षा गर्न नहुने बताउँदै उहाँले भन्नुभयो, ‘त्यसकारण म दीपेन्द्रराज गिरीजीलाई भन्न चाहान्छु- अनुचित अपेक्षा नगराैं, कुनै कुराप्रति अनुचित आसक्ति नराखाैं, लाेभ नगराैं, सबैकाे सहयाेगकाे अपेक्षा गराैं ।’

देशप्रति इमान्दार भएर काम गर्नुपर्ने र अगाडि बढ्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे । अहिलेकाे स्थितिमा  सकारात्मक परिवर्तन ल्याउँनैपर्ने पनि उहाँले बताउनुभयाे । हाम्राे देश अरु कसैले आएर नबनाइदिने भन्दै उहाँले आफूहरुकाे गन्तव्य समृद्ध नेपाल सुखी नेपाली रहेकाे बताउनु भयाे ।

आफूले अघि सारेकाे समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय आकांक्षाकाे नारालाई विराेधीहरुले सिधै उच्चारण नगरेर ताेडमाेड गरेर त्यही नै भन्ने गरेका समेत अध्यक्ष ओलीले बताउनुभयाे।

सबैभन्दा महत्वपूर्ण कुरा समृद्धि र न्याय भएकाे भएकाे अध्यक्ष ओलीले बताउनुभयाे । जैविक र मानवीय यथाेचित परिपूर्तिबाट सुख प्राप्त हुने उहाँले बताउनुभयाे ।

स्वास्थ्यकाे विषयलाई कमजाेरी नभएर तागत बनाएर अगाडि बढ्नुपर्ने अध्यक्ष ओलीले  बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘शारीरिक रुपमा म उहिले अस्वस्थ थेँ, पाेहाेर ज्वराे आएकाे थियाे भनेर अहिले बिरामी हुन्छ मान्छे ? पाेहाेर-परार मेराे मृगाैला फेल भएकाे थियाे मैले प्रत्यराेपण गरे, नयाँ मृगाैला फेरेकाे छु, सिद्धियाे नि त कुरा, शारीरिक र मानसिक रुपमा ठिक छु ।’