अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार यति नालायक र अयोग्य छ, जसरी भए पनि मिल्काइहाल्नुपर्छ: अध्यक्ष ओली

सरकार यति नालायक र अयोग्य छ, जसरी भए पनि मिल्काइहाल्नुपर्छ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार जसरी भए पनि हटाउनुपर्ने बताउनु भएको छ ।

सरकार यति नालायक र अयोग्य छ, प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो

आइतबार ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले नौ महिनामा सरकारले एउटा सिन्को पनि नभाँचेको बताउनुभयो। 

अध्यक्ष ओलीले भन्नुभयो, ‘अनि अहिलेको यो सरकार बसिरहनु हुन्छ, तपाईँहरू भन्नुस् त ? यस्तो सरकार राख्न हुन्छ ? तपाई/हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो। यति नालायक सरकार। जनता हेर्दैन, सुनतिर हेर्छ यो सरकार।’

उहाँले सरकारले नै भ्रष्टाचार, कुशासन र हिंसालाई प्रोत्साहन गरिरहेको आरोप लगाउनु भयो । 

‘ब्रेक सु ल्याउँछ–सुन, सिगरेट ल्याउँछ–सुन, पानी तान्ने मेसिन भन्छ–सुन । स्याउ ल्याउँछ–सुन’, उहाँले भन्नुभयो,  ‘सरकारले भ्रष्टाचार बढाएको छ, तस्करी र हिंसा मच्चाएको छ । मलंगवामा निषेधाज्ञा छ । हिंसा भड्काउने प्रयास भइरहेको छ तर सरकार हेरेर बसेको छ।’