अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस प्रचण्डको कार्यकर्ता भएर पछि-पछि हिँडेको छ: अध्यक्ष ओली

कांग्रेस प्रचण्डको कार्यकर्ता भएर पछि-पछि हिँडेको छ: अध्यक्ष ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विषयमा कुरा गर्नु बेकार भएको बताउनुभएको छ। 

आइतबार ओखलढुंगाको मोलुङ गाउँपालिकाको रामपुरमा आयोजित सहिद गुरु लुइँटेल स्मृति पार्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साे कुरा बताउनु भएको हो । उहाँले राजाको डरले कांग्रेसले पञ्चायतले मारेका कांग्रेसका नेताहरूलाई समेत सहिद घोषणा गर्न नसकेको बताउनुभयो।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएपछि पञ्चायतले हत्या गरेका क्याप्टेन यज्ञबहादुर लगायतलाई सहिद घोषणा गरेको बताउनुभयो। 

कांग्रेसले पञ्चायतमा मारिएका आफ्ना नेताहरूलाई सहिद भनेर सम्झन समेत नसकेको उहाँले स्मरण गराउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘क्याप्टेन यज्ञबहादुर थापा लगायतले रगत दिएर ल्याएको व्यवस्थाको रस चुसिरहेका व्यक्तिहरूले उहाँहरूलाई कहिल्यै सहिद भने सम्झिनु पनि भएन, एक थुँगा फूल उहाँहरूको तस्बिरमा कहिल्यै अर्पण गर्नुभएन, उहाँहरूलाई डर के भने राजा रिसाउँछन्।’ 

कांग्रेसबाट लोकतन्त्र र गणतन्त्रको विकास हुन्छ भन्ने कुरा सोच्नु बेकार हुने ओलीले बताउनुभयो। ओलीले भन्नुभयो, ‘लोकतन्त्र होइन आज, पुष्पकमल दाहाल ‘प्रचण्ड’का कार्यकर्ता भएर उहाँहरू पछाडि पछाडि हिँड्नु भएको छ। प्रचण्ड नेतृत्वको सरकारले हरेक दिन क्विन्टल–क्विन्टलका सुनको तस्करी गर्छ, देख्नुभयो तपाईँहरूले भन्यो भने अर्कातिर फर्किएर भन्नुहुन्छ देखिनँ।’

कांग्रेसले अहिले लोकतन्त्रको मजाक उडाउने काम गरेको ओलीको भनाइ छ। लोकतन्त्रको खिल्ली उडाउने काम गरिएको ओलीले बताउनुभयो। 

देशमा विकास, सुशासन र परिवर्तनको लागि धेरै जनाले बलिदान दिएको बताउँदै ओलीले उहाँहरूको सपना पूरा गर्नु अबको आवश्यकता रहेको बताउनुभयो। पहिलो पटक एमाले नेतृत्वको सरकार बन्दा आफ्नो गाउँ आफैँ बनाऊँ कार्यक्रमले गाउँमा विकासको लहर सुरु भएको उहाँले स्मरण गराउनुभयो ।