अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई कमजोर पार्न विभिन्न तत्वहरू क्रियाशील छन्: शंकर पोखरेल

एमालेलाई कमजोर पार्न विभिन्न तत्वहरू क्रियाशील छन्: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई कजोर पार्न विभिन्न तत्वहरू नेपालमा क्रियाशील रहेको बताउनु भएको छ।

एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उहाँले एमालेलाई कमजोर पारेर नेपाललाई पकेट बनाउन सकिन्छ कि भन्ने मानसिकताबाट त्यस्ता तत्व क्रियाशील रहेको बताउनु भएको हो । उहाँले जस्तोसुकै तत्व र शक्ति लागे पनि एमालेले आफ्नो पार्टीलाई कहिल्यै कमजोर हुन नदिने विश्वास व्यक्त गर्नु भयो ।

नेपालको स्वाधीनता, राष्ट्रियता र सार्वभौमसत्ता रक्षाका लागि एमाले बलियो हुन जरुरी रहेको उहाँको भनाइ थियो। उहाँले मुलुकको विद्यमान व्यवस्था जोगाउन जनमत अनुसार नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्य हुनु जरुरी रहेको पनि बताउनु भयो ।