अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णाली प्रदेशको अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली नेपालगञ्ज हुँदै सुर्खेत जाँदै

एमाले कर्णाली प्रदेशको अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली नेपालगञ्ज हुँदै सुर्खेत जाँदै


काठमाडौं- नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्नका लागि अध्यक्ष केपी शर्मा ओली आज सुर्खेत जाँदैहुनुहुन्छ ।
अध्यक्ष ओली अहिले विहान १० बजे नेपालगञ्ज विमानस्थल हुँदै सुर्खेत जान लाग्नु भएको हो । अध्यक्ष ओलीको सचिवालयका अनुसार उहाँ नेपालगञ्जबाट रत्नराजमार्ग हुँदै सुर्खेतको वीरेन्द्रनगर पुग्ने तयारी छ । नेपालगञ्जबाट करिब १ सय २ किलोमिटरको सडक यात्रा गर्ने चाहना अध्यक्ष ओलीले राख्नु भएको छ । खासगरी कोहलपुर देखि उत्तरतर्फको भौगोलिक जानकारी र जनजीवनको अवस्था बुझ्ने उहाँको चाहनाका कारण पैदलमार्ग रोज्नु भएको सचिवालयले जनाएको छ ।


अध्यक्ष ओलीले दिउसो १ बजे वीरेन्द्रनगरमा आयोजना गरिएको प्रदेश अधिवेशनको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितीले जनाएको छ । अध्यक्ष ओली सम्बोधन लगत्तै स्थलमार्ग भएर नेपालगञ्ज फर्कने कार्यक्रम छ । उहाँ भोली काठमाडौं फर्कनुहुनेछ ।