अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती प्रदेशको चुनावी प्रक्रिया पार्टी हेडक्वाटरमा जारी, कुन पदमा कसको आकांक्षा ?

एमाले बागमती प्रदेशको चुनावी प्रक्रिया पार्टी हेडक्वाटरमा जारी, कुन पदमा कसको आकांक्षा ?


काठमाडौं – नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको मनोनयनको काम पार्टी केन्द्रीय कार्यालयबाट भइरहेको छ ।

सोमबारबाट काठमाडौंमा सुरु भएको अधिवेशनको मङ्गलवार काठमाडौं स्थित कमलादीमा बन्दसत्र सम्पन्न भैसकेको छ ।

बन्दसत्रले राजनीतिक तथा आर्थिक प्रतिवेदनलाई अनुमोदन गरिसकेपछि आजबाट निर्वाचन कार्यक्रम सुरु भएको छ ।

मङ्गलवार अबेर रातीसम्म सहमतिको प्रयास भए पनि नेतृत्वमा सहमति जुट्न नसकेपछि आजबाट निर्वाचन कार्यक्रम सुरु भएको हो ।

अध्यक्षमा सहमति जुट्ने अवस्था न्यून बनेपछि अब अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीमा निर्वाचन हुने सम्भावना प्रबल बनेको हो । आज बिहान ९ बजेबाट उम्मेदवार मनोनयनको कार्यक्रमको सूचि प्रदेश कमिटीले सार्वजनिक गरिसकेको छ । अहिले उम्मेद्वारहरुले मनोनय गरिरहेका छन् ।

अध्यक्षको लागि हालसम्म मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, नुवाकोटका केशव पाण्डेले हालसम्म दाबी छ ।

उपाध्यक्षको लागि मकवानपुरका अनन्तप्रसाद पौडेल, सुभाष चन्द्र ठकुरी, चितवनका दावा लामा, काठमाण्डौँका केशव पोखरेल, दोलखाका ईश्वरचन्द्र पोखरेल, काभ्रेका कुमार खकुरेल लगायतको उम्मेदवारी दिने चर्चा रहेको छ ।

सचिवको लागि सचिवमा सिन्धुपाल्चोकका सुवास कर्माचार्य, हस्त पण्डित, चितवन बिजय सुवेदी, काठमाडौंकी रत्ना गुरुङलगायतको नाम चर्चामा रहेको छ ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्ने छ ।