अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णालीको प्रदेशको अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली नेपालगञ्जबाट सुर्खेततिर

एमाले कर्णालीको प्रदेशको अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली नेपालगञ्जबाट सुर्खेततिर


नेपालगञ्ज-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न नेपालगञ्जबाट सुर्खेततर्फ प्रस्थान गर्नुभएको छ।
काठमाडौंबाट नेपालगञ्ज विमानस्थलमा अवतरण गरेर त्यहाँबाट स्थल मार्ग भएर अध्यक्ष ओली अधिवेशन स्थल वीरेन्द्रनगरतर्फ प्रस्थान गर्नुभएको हो।
नेपालगञ्जबाट करिब १सय २ किलोमिटर दुरीमा रहेको वीरेन्द्रनगर गाडीबाट यात्रा गर्न अध्यक्ष ओलीले चाहना गर्नुभएको थियो । रत्नराजमार्ग आसपासको वस्तीहरु निरीक्षण गर्दै उहाँ वीरेन्द्रनगर पुग्ने कार्यक्रम छ । मध्यान्ह १२.१० बजे नेपालगञ्जबाट प्रस्थान गर्नुभएका अध्यक्ष ओली साढे २ बजेसम्ममा वीरेन्द्रनगर पुग्ने तयारी छ ।


अध्यक्ष ओलीको साथमा महासचिव शंकर पोखरेल पनि हुनुहुन्छ । अध्यक्ष ओलीलाई स्वागत गर्न कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरु नेपालगञ्ज विमानस्थल पुग्नु भएको थियो ।