अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णाली अधिवेशन सुरू (तस्वीरहरू)

एमाले कर्णाली अधिवेशन सुरू (तस्वीरहरू)


सुर्खेत-नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन सुरु भएको छ।

बुधबार दिउँसो १ बजेदेखि हुने भनिएको अधिवेशन केही ढिला गरी अपराह्न सवा ३ बजेदेखि सुरू भएको हो।

अधिवेशनको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल सुर्खेत आइपुग्नु भएको छ। उहाँहरुले अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।

वीरेन्द्रनगरस्थित सिटी हलमा सुरु भएको अधिवेशनमा ५ हजार बढी नेता तथा कार्यकर्ता सहभागी प्रदेश कमिटीले जनाएको छ।

अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट गी ६०४ जना अधिवेशन प्रतिनिधिले भाग लिनेछन्। 

प्रतिनिधिमध्ये १९५ जना महिला छन् भने समावेशी रुपमा एक सय ११ जना दलित प्रतिनिधि रहेका छन्।