अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमतीका लागि पाँचजनाको उम्मेद्वारी,भोली विहान ८ बजे देखि मतदान

एमाले बागमतीका लागि पाँचजनाको उम्मेद्वारी,भोली विहान ८ बजे देखि मतदान


काठमाडौं – नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि पाँच जना नेताहरुले उम्मेद्वारी दर्ता गराएका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा जारी बन्दसत्रमा अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलासप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।
उपाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी दर्ता भएको छ ।

सचिवमा पनि चार जनाकै उम्मेदवारी दर्ता भएको छ । रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहदुर पण्डित र डा.रामकुमारी अधिकारीको उम्मेदवारी दर्ता भएको छ । खुला र महिला गरी दुई उपसचिवका लागि १२ जनाले उम्मेदवारी दिएका छन् ।

उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रिता गौतम ढकालको उम्मेदवारी परेको छ ।

यो अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी चयन गर्दैछ । नेतृत्व चयनका लागि भोलि बिहान ८ बजेदेखि मतदानको कार्यसूची तय भएको छ ।