अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णाली अध्यक्षमा मीन शाही र गुलाबजंग शाहबीच प्रतिष्पर्धा गर्दै, अरू को-को ?

एमाले कर्णाली अध्यक्षमा मीन शाही र गुलाबजंग शाहबीच प्रतिष्पर्धा गर्दै, अरू को-को ?


काठमाडौं-नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षका लागि मीनबहादुर शाही र गुलाबजंग शाहबीच प्रतिष्पर्धा हुने देखिएको छ।कालीकोटका शाही र सल्यानका शाहले अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्ने तयारी गरेका छन्। मनोनयन दर्ता शुक्रबार हुनेछ।

सामुदायिक रेडियोका अभियन्ता, कर्णाली विकासको अध्येता र योजना आयोगका सदस्य रहिसकेका शाही एमालेको प्रदेश कमिटी सदस्य हुन भने शाह एमालेका पोलिटब्युरो सदस्य हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार अधिवेशन उद्घाटन गर्नुभएको थियो। बिहीबार प्रदेशको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ।

अध्यक्ष ओलीले अधिवेशन उद्घाटन सत्रमा प्यानल बनाएर चुनाव नलड्न निर्देश दिनुभएको थियो। तर, आकांक्षीहरू एकले अर्कोलाई समर्थन गर्ने स्थितिमा देखिएका छैनन् । उहाँहरू भित्री रूपमा प्यानल बनाएर चुनाव लड्ने तयारीमा हुनुहुन्छ।

स्थायी कमिटी सदस्य एवं प्रदेश संसदीय दलका नेतासमेत रहेका यमलाल कँडेलले गुलाबजंग शाहलाई अध्यक्षमा अघि सार्न खोजिएको छ। त्यस्तै, मीनबहादुर शाही पनि अध्यक्षको दाबीबाट पछि हटेका छैनन्।

उपाध्यक्षमा गुलाबगङ्ग शाहको प्यानलबाट टेकराज पछाई र मीनबहादुर शाहीबाट लालबहादुर महतराले तयारी गरेका छन् ।

सचिवमा मीनबहादुरतर्फका रुद्र शाही, डण्डिप्रसाद शर्मा  र गुलाबजंगको प्यानलबाट धुव्र शाहीको प्रतिस्पर्धा हुने सम्भावना रहेको एक स्रोतले बतायो ।