अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णालीको बन्दसत्र सुरू

एमाले कर्णालीको बन्दसत्र सुरू


काठमाडौं-नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र साँझ ५ बजेपछि मात्रै सुरु भएको हो ।

बिहान ८ बजेबाट सुरु हुने भनिएको अधिवेशन प्रतिनिधिहरुको परिचयपत्र वितरणलगायत काम समयमै नसकिएपछि ढिलो भएको थियो। 

सहमतिको प्रयास विफल भएपछि महासचिव शंकर पोखरेल काठमाडौँ फर्किनु भएको छ। एमालेका एक नेताका अनुसार पोखरेलले अझै पनि सहमतिकै प्रयासमा नेतृत्व चुन्न निर्देशनसहित काठमाडौँ फर्किनु भएको हो ।

यद्यपि कर्णालीमा सहमति‌‌अनुसार अध्यक्ष चुनिने सम्भावना कम रहेको नेताहरु बताउँछन्।

एमाले कर्णाली प्रदेश अध्यक्षका लागि मीनबहादुर शाही र गुलाबजंग शाहबीच प्रतिष्पर्धा हुने देखिएको छ। कालीकोटका शाही र सल्यानका शाहले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छैनन्।

बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीले‌ पनि सहमतिका आधारमा अधिवेशन गर्न र प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिनुभएको थियो ।