अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती अधिवेशन: राति ९ बजे नामावली प्रकाशन,भोलि बिहान ८ बजेदेखि मतदान

एमाले बागमती अधिवेशन: राति ९ बजे नामावली प्रकाशन,भोलि बिहान ८ बजेदेखि मतदान


काठमाडौँ-एमाले बागमती प्रदेशको मतदाता शुक्रबार बिहान ८ बजे बाट केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ। त्यसका लागि बिहीबार ८ बजेसम्म उम्मेदवारी फिर्ता  लिने समय तोकिएको छ। 

सहमतिमा उम्मेदवार बनाउने प्रयास जारी राख्ने नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बेलुका ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ।

बागमतीको अध्यक्ष पदमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ। अध्यक्षमै उम्मेदवारी दिएका केशवराज पाण्डेले भने उम्मेदवारी फिर्ता लिइसक्नुभएको छ।