अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एलीजा गौतम इलाम-२ काे उपनिर्वाचनमा उम्मेदवार बन्ने

एलीजा गौतम इलाम-२ काे उपनिर्वाचनमा उम्मेदवार बन्ने

कुन पार्टीबाट चुनाव लड्ला ?


काठमाडौँ-अभिनेत्री एलीजा गौतमले इलाम-२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने हुनुभएको छ। केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गर्नुभएकी उहाँ फेरि सक्रिय राजनीतिमा लाग्न खाेज्नु भएको हाे ।

उहाँले भन्नुभयो, ‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ। कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन। कुराकानी धेरैसँग भएको छ। म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु।’

थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी गौतमले अनुराग चलचित्रमा अभिनय गरिसक्नु भएको छ । उहाँ पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् । 

एमालेका उपाध्यक्षसमेत रहेका निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ। इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ।