अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

चीनलाई चुनौती दिन ताइवानले बनायो पनडुब्बी 

चीनलाई चुनौती दिन ताइवानले बनायो पनडुब्बी 


काठमाडौँ-चीनको खतरासँग जुध्न ताइवानले आफ्नो पहिलो स्वदेशी पनडुब्बी बनाएको छ । बीबीसीका अनुसार ताइवानकी राष्ट्रपति साई इङ वेनले पनडुब्बीको प्रक्षेपण कार्यक्रममा भाग लिइन् ।

अमेरिकी अधिकारीहरूले ताइवानलाई आगामी वर्षहरूमा चीनले आक्रमण गर्नसक्ने चेतावनी दिएका छन् । चीनले ताइवानलाई आफ्नो हिस्सा भएको दाबी गर्दै चीनको ‘मुख्य भूमि’ मा एउटा मात्र सरकार रहेको बताउँछ ।

युक्रेनमा रुसले आक्रमण गरेपछि ताइवानको भविष्यबारे बहस चर्किएको छ कार्यक्रममा राष्ट्रपति वेनले भनिन्, ‘यो दिनलाई इतिहासले सदा स्मरण गरिरहने छ, पहिले यो काम असम्भव मानिन्थ्यो तर हामीले गरेर देखायौँ ।’ -एजेन्सी