अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमतीमा सर्वसम्मतीको प्रयास जारी,निर्वाचन अझै सुरु भएन

एमाले बागमतीमा सर्वसम्मतीको प्रयास जारी,निर्वाचन अझै सुरु भएन


काठमाडौं -नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा सर्वसम्मतको प्रयास जारी रहेकोले निर्वाचन सुरु भएको छैन ।

नयाँ कमिटी सर्वसम्मत नेताहरुलाई मिलाउने कोसिस भइरहेको छ।
अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहाल मैदानमा छन्।

अहिलेसम्म प्रदेश कमिटीका लागि चितवन, सिन्धुपाल्चोक, काभ्रे र रसुवाबाट सर्वसम्मत नेतृत्वको टुंगो भएको छ। अरु जिल्लाबाट पनि केही नेता आशिंक निर्विरोध निर्विरोध निर्वाचित भएका छन्।

एमाले बागमतीको सचिवमा पनि अध्यक्षमा जस्तै दुईजनाबीच भिडन्त हुने पक्का भएको छ। सचिवमा ललितपुरमा पूर्वसांसद नवराज सिलवाल र हस्त पण्डितबीच प्रतिस्पर्धा हुने देखिएको छ।