अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई बोकेको काँग्रेसले आफू कुन संसारमा छु भन्ने थाहै पाएको छैन : अध्यक्ष ओली

प्रचण्डलाई बोकेको काँग्रेसले आफू कुन संसारमा छु भन्ने थाहै पाएको छैन : अध्यक्ष ओली


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार रहनु देशका लागि दुर्भाग्य भएको बताउनु भएको छ । शुक्रबार बिराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले कांग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प पनि नदेखिएको बताउनु भयो । गठबन्धन सरकार नचलेको र सरकार अपराधीको संरक्षकको रुपमा देखिएको उहाँको भनाई थियो । ‘यो सरकार रहनु देशका लागि दुर्भाग्य हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

सरकार हटाउन पहल गर्नुहुन्छ भन्ने प्रश्नमा उहाँले एमालेले सरकारतिर ध्यान नदिएको बताउनु भयो । ‘हामी आफैं जान चाहिरहेका छैनौं,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प हुने भएपनि कांग्रेसले यसबारे नसोचेको बताउनु भयो । ‘कांग्रेस कुन संसारमा छ भन्ने नै थाहा छैन । देशको अवस्थाप्रतिको गम्भीरता केही देखिन्न,’ अध्यक्ष ओलीले भन्नुभयो ।