अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमतीमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी

एमाले बागमतीमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी


काठमाडौं-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन जारी छ। अहिले मतदान भइरहेको छ।

मतदान केही बेरअघि सुरू भएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो।

अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुँदैछ। सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नारायण सिलवालबीच प्रतिस्पर्धा हुँदैछ।

चितवन, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा सर्वसम्मत सदस्य छानिएको जानकारी दिनुभयो।

एमाले बागमतीमा १ हजार १६४ जना प्रतिनिधि छन्। भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ। ४० वटा भोटिङ मेसिन प्रयोग गरिएको र साँझसम्म नतिजा आइसक्ने बताइएको छ।