अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१७ दिन संसद रोकेर प्रधानमन्त्री घुम्न निस्कनु शोभनीय भएन: अध्यक्ष ओली

१७ दिन संसद रोकेर प्रधानमन्त्री घुम्न निस्कनु शोभनीय भएन: अध्यक्ष ओली


विराटनगर–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको समस्यालाई असरल्ल छाडेर लामो विदेश भ्रमणमा रमाएको भन्दै आलोचना गर्नुभएको छ। 

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले १७ दिन संसद बैठक रोकेर प्रधानमन्त्री लामो विदेश घुम्न निस्कनु कुनै पनि हिसाबले सोभनीय हुन नसक्ने बताउनुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘संसद १७ दिनसम्म स्थगित गरेर प्रधानमन्त्री घुम्न निसकनु भएको छ। दुई साताको प्रधानमन्त्रीको भ्रमण भनेको यो साधारण होइन, कार्यकारी सरकार प्रमुख त्यस्तो फुर्सदिलो हुने शोभनीय कुरै होइन।’

उहाँले सत्ता साझेदार दल नेपाली कांग्रेसमा देशप्रतिको चिन्ता नभएको भन्दै तत्काल सरकार परिवर्तनको सम्भावना आफूले नदेखेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘कांग्रेसमा देशप्रतिको चिन्ता छैन । उ बेग्लै संसारमा छ।’

अध्यक्ष ओलीले गठबन्धन सरकार चल्न नसकेको भन्दै वर्तमान सरकारले देशका लागि केही दिन नसकेको बताउनु भयो । ‘यो सरकार अपराधीको संरक्षकको रुपमा, सुन तस्करको संरक्षकको रुपमा देखियो। यसले नेपाली जनता र  राष्ट्रलाई केही पनि दिएन’, ओलीले भन्नुभयो, ‘यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’
अध्यक्ष ओलीले पार्टी सरकारमा जान इच्छुक नरहेको र वर्तमान सरकार ढल्ने उपयुक्त आधार पनि नदेखिएको बताउनुभयो।