अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी प्रदेश अधिवेशन : बन्द सत्र सुरु हुदै

एमाले कोशी प्रदेश अधिवेशन : बन्द सत्र सुरु हुदै


विराटनगर -नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको दोस्रो दिन आज केहीबेरमा बन्दसत्र सुरु हुदैछ । बन्दसत्रमा अध्यक्ष तुलसी नेउपानेले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
बन्द सत्रलाई एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुहुनेछ ।
अध्यक्ष मण्डलका सदस्य डा.शिवमाया तुम्बाहाम्फेका अनुसार आजै निर्वाचन कार्यक्रम घोषणाको तयारी छ । प्रदेश इन्चार्ज रघुवीर महासेठको अध्यक्षतमा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । जसमा शेरधन राई,शिवमाया तुम्बाहाम्फे,राजेन्द्र गौतम,अग्नी खरेल,हिक्मत कार्की,पर्शुराम मेघी,जगदिश कुशियत,भगवती चौधरी,राम राना र सुनिता बराल रहेका छन् ।
कार्यक्रम मनास्लु पार्टी प्यालेसमा कार्यक्रम रहेको छ ।