अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी प्रदेश अधिवेशन :समुहगत छलफल जारी

एमाले कोशी प्रदेश अधिवेशन :समुहगत छलफल जारी


विराटनगर – नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा सांगठानिक प्रतिवेदनमा छलफल गर्न सात वटा समूह बनाइएको छ ।अध्यक्ष तुलसीप्रसाद न्यौपानेले बन्द शत्रमा प्रस्तुत गरेको साङाठानिक प्रतिवेदनको विषयामा छलफल गर्न सात वटा समूह बनाइएको छ ।

जस अन्तरगत ताप्लेजुङ, पाँचथर र इलामलाई समूह (१) झापालाई समूह (२), संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुमको समूह (३), मोरङको समूह (४), सोलुखुम्बु, खोटाङ र ओखलढुंगाको समूह (५), उदयपुर र सुनसरीको (६) तथा जनवर्गीय संगठनहरूको (७) नम्बर समूह निर्माण गरिएको हो ।

शुक्रवार झण्डै दुई घण्टा ढिलो गरेर सुरु भएको नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनको बन्द सत्र शनिबार सम्मलाई स्थगित भएको छ । शनिबार विहान ७ बजेदेखि प्रदेश अधिवेशनको बन्द सत्र सुरु हुने प्रचार प्रसार उप समितीका सम्योजक सैलेश लामाले जानकारी दिनुभयो ।

अध्यक्ष न्यौपानेले पेस गरेको सांगठानिक प्रतिवेदन भने अधिवेशनमा सहभागी ९९७ जना प्रतिनिधिहरूलाई नै बाँडिएको र अध्ययन गर्न गरेर शनिबार विहान ७ बजेदेखि समूहगत छलफल सुरु गर्ने गरी बन्द सत्र स्थगित गरिएको हो ।

विहान १० बजेसम्म सांगठानिक प्रतिवेदनमाथिको समूहगत छलफल सकेर प्रत्येक समूहबाट प्रस्तुतीकरण गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।
प्रतिवेदनमाथिको समूह छलफल सकेपछि बन्द सत्रले प्रतिवेदन पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने जनाइएको छ ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।

बन्द सत्र संचालन गर्न एमाले केन्द्रीय कमिटी सचिव एवं कोशी इन्चार्ज रघुवीर महासेठको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।