अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा राजबहादुर र प्रेमबहादुरको उम्मेद्वारी फिर्ता अध्यक्षमा अब तीनजनाको भिडन्त हुने

कर्णालीमा राजबहादुर र प्रेमबहादुरको उम्मेद्वारी फिर्ता अध्यक्षमा अब तीनजनाको भिडन्त हुने


सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा उम्मेदवारी दिएका पाँचजना मध्ये दुईजनाले फिर्ता लिएका छन् । अब तीनजना बीच् भिडन्त हुनेछ ।
अध्यक्षका प्रत्यासी राजबहादुर शाहीले र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् ।

‘केन्द्रीय नेतृत्वको चाहना विपरीत निर्वाचित भएर पनि पार्टी निर्माणमा सकारात्मक योगदान नहुने आदि सम्भावनाहरुलाई ध्यान दिँदै मैले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेँ’ आफूले उम्मेद्वारी फिर्ता लिनुको कारण बारे शाहीले विज्ञप्ती जारी गर्दै भन्नुभएको छ ।
पहिलो पटक भएको प्रदेशको अधिवेशनबाट अध्यक्ष हुने उत्कट इच्छासहित आफूले मनोनयन दर्ता गरेता पनि शाहीले पार्टी केन्द्रको चाहना र आफ्नो छनोटको सार्वभौम अधिकार प्रयोग गरी नेतृत्व चयन गर्न पनि शाहीले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । शाहीले पार्टी केन्द्रले कसलाई चाहेको भन्ने कुरा खुलाउनु भएको छैन । शाही यसअघि कर्णाली प्रदेश सभाको सभामुख हुनुहुन्थ्यो ।

अध्यक्ष पदमा अब गुलाबजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाको उम्मेद्वारी कायम रहेको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिनुभयो ।