अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा राजनीतिक प्रतिवेदन माथी छलफल सकियो,निर्वाचन प्रक्रिया सुरु

कोशीमा राजनीतिक प्रतिवेदन माथी छलफल सकियो,निर्वाचन प्रक्रिया सुरु


विराटनगर -राजनीतिक प्रतिवेदन माथी छलफल सकिएपछि नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

उम्मेदवारी मनोनयन गर्नका लागि ४.३० बजेसम्मको समय दिइएको छ । उम्मेदवारी दर्ता भइसकेपछि आजै साँझ ५.३० बजे उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।

मतदान भोलि बिहान ११ बजेबाट हुने छ ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।

बन्द सत्र सञ्चालन गर्नका लागि एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन भएको छ । महासेठको नेतृत्वमा ११ सदस्यीय अध्यक्षमण्डल गठन भएको हो ।

यो अधिवेशनले प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गर्ने छ । प्रदेश कमिटीको अध्यक्ष बन्नका लागि अहिलेसम्म दुई जना मुख्य दाबेदार मानिएका छन् । मोरङका विनोद ढकाल र घनश्याम खतिवडाबीच अध्यक्षमा प्रतिस्पर्धा हुने नेताहरु बताउँछन् ।