अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशीको निर्वाचन कार्यतालिका सार्वजनिक ,भोली बिहान देखि मतदान

एमाले कोशीको निर्वाचन कार्यतालिका सार्वजनिक ,भोली बिहान देखि मतदान


विराटनगर -नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकामा शनिबार बेलुका ७ .१५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार विहान ७ बजेदेखि ४ बजेसम्म निर्वाचन गर्ने कार्यतालिका छ ।
निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि आकांक्षीहरुले मनोनयन दर्ता गरिरहेको अधिवेशन स्थलमा रहेका नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाले जानकारी दिनुभयो ।

नेकपा एमालेले शुक्रबार र शनिबारका लागि अधिवेशन गर्ने निर्णय गरेको थियो । तर निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने अवस्था भएपछि आइतबारसम्म समय थप गरेको हो । एमाले प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रमुख दाबेदार छन् ।
एमाले अधिवेशनका लागि ९९७ जना प्रतिनिधि आएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटीका लागि निर्वाचन हुनेछ ।