अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी प्रदेशको सचिवमा लामा र भण्डारीको उम्मेदवारी दर्ता

एमाले कोशी प्रदेशको सचिवमा लामा र भण्डारीको उम्मेदवारी दर्ता


विराटनगर – नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट सचिव बन्नका लागि अहिलेसम्म दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारीले उम्मेदवारी दिएका छन् ।

यसअघि अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङका घनश्याम खतिवडाको उम्मेदवारी परेको छ ।

अन्य पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरिरहेका छन् ।

उम्मेदवारी दर्ता भइसकेपछि आजै उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।

मतदान भने भोलि बिहान ११ बजेबाट हुने छ ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।