अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुवास नेम्वाङको सहमतीय सुत्र स्मरण गर्दै इलामबाट एमाले कोशी प्रदेश सदस्यमा सबै सर्वसम्मत

सुवास नेम्वाङको सहमतीय सुत्र स्मरण गर्दै इलामबाट एमाले कोशी प्रदेश सदस्यमा सबै सर्वसम्मत


विराटनगर- विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा इलाम जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
पार्टीका स्वर्गीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मरण गर्दै सदस्यका दाबेदारहरुले उहाँको सहमती सुत्र अधिवेशनमा लागु गरेको बताएका छन् । इलामले प्रदेश सदस्यका लागि पाएको १५ वटा कोटा मध्ये १० जना खुला र ५ जना महिला गरी १५जना सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितीले जनाएको छ ।
यसरी निर्वाचित हुनेहरुमा खुलातर्फ जयप्रकाश राई,ध्रुव श्रेष्ठ,ओमनारायण खनाल,काजीमान कागते छन् । यसैगरी याम अधिकारी,केशवकुमार धौराली,कृष्ण शाह,देवेन्द्र विश्वकर्मा र युवा तर्फ राजकुमार थापा निर्वाचित भएका छन् ।
महिलातर्फ टिका घिमिरे,विन्दु विक,रिम्पल राई शकुन्तला लेप्चा र सावित्रा सिवा रहेका छन् ।