अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशीको उपाध्यक्षमा टिकाराम र उपसचिवमा जलवर्षा निर्विरोध

एमाले कोशीको उपाध्यक्षमा टिकाराम र उपसचिवमा जलवर्षा निर्विरोध


विराटनगर -नेकपा एमाले कोशी प्रदेशको उपाध्यक्ष र उपसचिव पदमा निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्ष मण्डलका सदस्य डा.शिवमाया तुम्बाहम्फेका अनुसार उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ र उपसचिवमा झापाकी जलवर्षा राजवंसी निर्वाचित भएका छन् । दुवै पदमा एक एक जनाको मात्र उम्मेद्वारी परेकोले उनीहरुलाई निर्वाचित भएको घोषणा गरिएको हो ।
यस्तै इलामका १५ जना सदस्य पनि निर्वाचित भएका छन् ।
आज नेतृत्वका लागि निर्वाचन हुदैछ । अध्यक्षमा घनश्याम खतिवडा र बिनोद ढकाल प्रतिष्पर्धा गर्दैछन् ।