अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मालदिभ्समा मोहम्मद मुइज्जूले जिते राष्ट्रपति चुनाव

मालदिभ्समा मोहम्मद मुइज्जूले जिते राष्ट्रपति चुनाव


काठमाडाैँ-चीन समर्थक भनेर चिनिने मोहम्मद मुइज्जूले मालदिभ्सको राष्ट्रपति पदको चुनाव जितेका छन् । 

उनले निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराएका हुन् । मोहम्मद मुइज्जूले ५४ प्रतिशत भोट हासिल गरेका छन् । इब्राहिम मोहम्मद सोलिहले आफ्नो हार स्वीकारेका छन् । उनले चुनाव जित हासिल गरेकोमा मुइज्जूलाई बधाई दिएका छन् । 

मालेका मेयर मोहम्मद मुइज्जूले ‘इन्डिया आउट’ को नारासहित आफ्नो अभियान सुरु गरेका थिए । प्रोग्रेसिभ अलायन्सका उम्मेदवार मोहम्मद मुइज्जू चीनसँगको घनिष्ठ सम्बन्धको वकालत गर्छन् । 

मोहम्मद मोइज्जूको जन्म सन् १९७८ मा भएको थियो । उनले ब्रिटेनको लिड्स युनिभर्सिटीबाट सिभिल इन्जिनियरिङमा पिएचडी गरेका थिए । उनले सन् २०१२ मा राजनीतिमा प्रवेश गरेका थिए ।-एजेन्सी