अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपत्यका प्रदेश कमिटीको प्रथम अधिवेशन लोगो सार्वजनिक

एमाले उपत्यका प्रदेश कमिटीको प्रथम अधिवेशन लोगो सार्वजनिक


काठमाडौं–नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको यही असोज १९ र २० गते हुने प्रथम अधिवेशनको लोगो सार्वजनिक गरिएको छ।
पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी ईन्चार्ज सुजिता शाक्यले आज लोगो सार्वजनिक गर्नुभएको हो। सो अवसरमा इन्चार्ज शाक्यले पार्टीको संगठनात्मक कामलाई प्रणालीगत बनाई आगामी निर्वाचनमा पहिलो दल बनाउने गरी काम गर्न आव्हान गर्नुभयो।

वर्तमान गठबन्धन सरकारले जनतालाई महँगीबाहेक केही नदिएको भन्नुहुँदै ईन्चार्ज शाक्यले एमाले नेतृत्वको सरकारले मात्र जनता र देशको पक्षमा काम गर्ने बताउनुभयो । त्यसका लागि आगामी निर्वाचन २०८४ मा एमालेलाई जिताएर सरकारको नेतृत्व गर्ने ठाउँमा पु¥याउन अनिवार्य रहेको उहाँले बताउनुभयो ।

हामी देशको नेतृत्वमा जान सक्यौं भने मात्र समृद्ध नेपाल र सुखी नेपाली हाम्रै पालामा सम्भव हुन्छ उहाँले भन्नुभयो । उहाँले प्रदेश कमिटीको अधिवेशनमा प्रतिनिधि बन्नबाट छुट्नु भएकाहरुलाई पनि पार्टीले उचित जिम्मेवारी दिनेभन्दै निराश नहुन आग्रह गर्नुभयो ।

अधिवेशनका लागि प्रतिनिधि छनौटको काम शनिबार सम्पन्न भएको छ। अधिवेशनमा तीनसयभन्दा बढीको सहभागिता रहने छ। गैर भूगोलका विशेष क्षेत्र पेशा, व्यवसाय, विद्यार्थी र मजदूर क्षेत्रको छाता संगठनका रूपमा रहेको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनलाई त्यही उचाईंका साथ भव्य, सभ्य र उच्च संस्कारमा सम्पन्न गरी उदाहरणीय बन्नुपर्ने ईन्चार्ज शाक्यले बताउनुभयो।

प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुलीले प्रथम अधिवेशन भव्यरुपमा सम्पन्न गर्न जनपरिचालनमा जोड दिनुहुँदै सभागृहमा हुने उद्घाटनसत्रमा सक्रियता साथ सहभागी हुन कमिटी मातहतका सबै सदस्यहरुलाई आव्हान गर्नुभयो।

लोगो सार्वजनिक कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी ईन्जार्चहरू विना श्रेष्ठ, सीता लामा, बालिका गिरी र गोविन्द दुवालको उपस्थिति रहेको थियो।