अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगन थापाको प्रस्ताव: समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिऔं, कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाऔं

गगन थापाको प्रस्ताव: समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिऔं, कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाऔं


काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने प्रस्ताव गर्नुभएको छ । आइतबार कांग्रेस रुपान्तरण अभियानले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले सरकारको नेतृत्व गर्दा समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने प्रस्ताव गर्नुभएको हो।

‘गठबन्धनमा नयाँ कल्चरको बारेमा छलफल गरौं। उहाँहरुले मिलेर समाजवादी मोर्चा बनाउनुभएको छ। म के प्रस्ताव गर्न चाहन्छु भने, यो दुई अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ। प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने कुरा छ। उहाँहरुको एउटै मोर्चा छ,’ थापाले भन्नुभयो, ‘कांग्रेसको मन्त्रीहरू सबै फिर्ता बोलऔं। दुई अढाई वर्ष उहाँहरूलाई एक्लै चलाउन दिऔं। हामी फ्लोरबाट समर्थन गरौं।’

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसका नौ जना मन्त्री छन्।