अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण छलफल भएन, छुट्टी राम्रो मनाउनुभयो: सचिव भट्टराई

प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण छलफल भएन, छुट्टी राम्रो मनाउनुभयो: सचिव भट्टराई


काठमाडौँ-नेकपा(एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा दुई देशका बीचमा उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताउनु भएको छ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव भट्टराईले भ्रमणका क्रममा ताइवान र तिब्बतको मुद्दामा चीनलाई विश्वस्त नसकिएको बताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको चीन भ्रमणमा जे कुरामा हाम्रो सहमति हुनुपर्थ्यो । जुन मुद्दामा बहस हुनुपर्थ्यो त्यो भएन । सामान्य खुद्रा, मसिना कुराहरू भए। प्रधानमन्त्रीले तीर्थाटन पनि गर्नुभयो । छुट्टी पनि राम्रै मनाउनु भयो । तर मुख्यतयाः चीनसँग हाम्रो बीआरआईका सम्बन्धमा भएका सम्झौताहरूको कार्यान्वयन हो । त्यो चाहिँ देखिने गरी केही पनि भएन । त्यसको अर्थ चीनसँग जुन ढंगले हामीले गम्भीरताका साथ डिलिङ गर्नुपर्थ्यो त्यो डिलिङ हुन सकेन । नेपाल प्रति चीनका कतिपय आशङ्काहरू छन्। ती आशङ्काहरूमा हामीले विश्वास दिलाउनुपर्थ्यो । त्यो विश्वास दिलाउन प्रधानमन्त्रीको भ्रमणबाट सकियो जस्तो मलाई लाग्दैन ।’

उहाँले बीआरआई परियोजना चीनसँग नेपालको मुख्य एजेण्डा भए पनि सो एजेन्डामा प्रवेश नै नभएको बताउनु भयो। उहाँले भन्नभयो, ‘कताकता सरकार अरू कुनै शक्ति राष्ट्रको प्रभावमा ज्यादा परेर चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकिएको जस्तो देखिन्छ। यो भ्रमणले त्यसमा कुनै सफलता प्राप्त गरेको देखिँदैन। बिआरआई चीनसँगको मुख्य एजेण्डा हो। तर त्यो एजेन्डामा प्रवेश गरेको छैन । लिपुलेक, लिम्पियाधुरामा भारत र चीनले बसेर गरेको सहमतिमा नेपाललाई इगनोर गरेको छ । त्यो विषय उठाउनुपर्ने छ । हाम्रो चुच्चे नक्साको बारेमा चीनले जारी गरेका आफ्नो आधिकारिक नक्साहरूको बारेमा कुरा उठाउनुपर्ने थियो त्यो उठेको छैन । ताइवान, तिब्बतको मुद्दामा हामीले जसरी विश्वस्त बनाउनुपर्थ्यो चीनलाई, त्यो बनाउन प्रधानमन्त्रीको भ्रमणले सकेजस्तो लाग्दैन।’