अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अधिवेशन उद्घाटन भएको पाँचौ दिनपछि कर्णालीमा मतगणना सुरु

अधिवेशन उद्घाटन भएको पाँचौ दिनपछि कर्णालीमा मतगणना सुरु


काठमाडौं- नेकपा एमालेको कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

वीरेन्द्रनगरमा भएको एमालेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो । आज बिहान आठ बजेदेखि मतगणना सुरु गर्ने भनिए तयारी नपुगेका कारण केही घण्टा ढिलो सुरु गरिएको हो ।
नेतृत्व चयनका लागि आइतबार दिउँसो २ बजेखि राति ९ बजेसम्म मतदान भएको थियो । ६०९ जना मतदानमा सहभागी भएका थिए ।

प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह, कालिकोटका मिनबहादुर शाही र कालिकोटकै प्रकाश रोकाय प्रतिस्पर्धामा छन् । शाह र शाही प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए ।