अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाह निर्वाचित, को कति मतले विजयी ?

एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाह निर्वाचित, को कति मतले विजयी ?


सुर्खेत-नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षमा गुलाबजंग शाह निर्वाचित हुन भएको छ।

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शाह ३६९ मतका साथ विजयी हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी कालीकोटका मीनबहादुर शाही पराजित हुनु भएको छ। शाहीले २०७ मत मात्र पाउनु भयो। अध्यक्षकै अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत प्राप्त गर्नुभयो।

यस्तै, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई विजयी हुनुभएको छ। उहाँले ३४२ मत प्राप्त गर्नुभयो।  उहाँका निकटतम् प्रतिद्वन्द्वी जाजरकोटका लालबहादुर महताराले १७६ र मुगुका दानसिंह परियारले ५९ मत प्राप्त गर्नु भयो।

यस्तै सचिवमा सुर्खेतका ध्रुवकुमार शाही ४०६ मतसहित विजयी हुँदा दैलेखका रुद्रबहादुर शाहीले १६९ मत प्राप्त गर्नुभयो।

त्यसैगरी, उपसचिवमा रवीन्द्रराज शर्माले ३०० मतले विजेता बन्न सफल भए भने रमेश वहादुर शाहीले २६६ मत ल्याउनु भयो। त्यस्तै, पद्मा खड्का १५१ र मेनका पछाईले ९६ मत ल्याउनु भएको छ।