अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी: अध्यक्षमा घनश्याम खतिवडा र सचिवमा भण्डारीको अग्रता

एमाले कोशी: अध्यक्षमा घनश्याम खतिवडा र सचिवमा भण्डारीको अग्रता


विराटनगर-नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ। आधिकारिक रुपमा भर्खरै आएको मतपरिणाममा अध्यक्ष पदका उम्मेदवार घनश्याम खतिवडाको प्यानल अगाडि देखिएको छ।

निर्वाचन कमिटीका अनुसार हालसम्म २८२ मत गणना भएको छ। जसमा अध्यक्षका प्रत्याशी खतिवडाले १४९ मत  प्राप्त गरेका छन् । उहाँका प्रतिस्पर्धी विनोद ढकालले १३१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा टिकारा चेमजोङ निर्विरोध निर्वाचित भइसकेका छन्।

यस्तै सचिवमा राजकुमार भण्डारीले १६१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी शैलेस लामाले १११ मत पाएका छन् । उपसचिवमा जलवर्षा राजवंशीले १८२ मत प्राप्त गर्नुभएकी छन्भ ने देवान राईले १७५ तथा खेम नेपालीले ११८ मत पाएका छन् । 

सचिवका उम्मेदवार शैलेस लामा र उपसचिव नेपाली ढकाल पक्षका हुन् भने सचिव भण्डारी र उपसचिव दोय राजवंशी र राई खतिवडा प्यानलका हुन् । २१५ सदस्यीय कमिटीका लागि हिजो राती मतदान भएको थियो।

आज बिहान ५ बजे सम्पन्न मतदान आजै साँझ ५ बजेदेखि मतगणना सुरु भएको हो । ९९७ जना मतदाता रहेकोमा ९७७ मत खसेको छ।