अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित


विराटनगर -नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित हुनुभएको छ ।
खतिवडाले प्रतिष्पर्धी विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्नुभयो । निर्वाचन समितीले दिएको जानकारी अनुसार खतिवडाले ५१२ मत र ढकालले ४३०
मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्वारिोध हुनु भएको छ । सचिवमा पाँच्थरका राजकुमार भण्डारी निर्वाचित हुनुभयो । उहाँले ५३४ मत प्राप्त गर्नुभएको छ । उहाँक प्रतिष्पर्धी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गर्नुभयो । यस्तै उपसचिवमा झापाकी जलवर्षा राजवंशीले ६२८ मत प्राप्त गरेर विजयी हुनु भएको छ । अर्का उपसचिवमा खोटाङका देवान राईले ६१० मत प्राप्त गर्नुभयो । सदस्यहरुको मत गणना जारी रहेको छ ।