अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेलायतको केन्ट काउन्टी प्रदेशसभालाई मेचीनगर प्रमुखको सम्बोधन

बेलायतको केन्ट काउन्टी प्रदेशसभालाई मेचीनगर प्रमुखको सम्बोधन


मेचीनगर-बेलायत भ्रमणमा रहनु भएका मेचीनगर नगरपालिकाका नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले सोमबार बेलायतको केन्ट काउन्टी प्रदेशको प्रदेशसभालाई सम्बोधन गर्नुभएको छ । 

सम्भवतः केन्ट काउन्टीको प्रदेशसभालाई सम्बोधन गर्ने उहाँ पहिलो नेपाली नगरप्रमुख हुनुभएको प्रदेशसभा अधिकारीहरूले जनाएका छन् ।

नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेतीसहितकाे नेपाली प्रतिनिधि मण्डललाई सम्बोधन अघि केन्ट काउन्टी प्रदेश प्रमुखले स्वागतसहित सम्मान गर्नुभएको थियो । 

सम्बाेधनका क्रममा नगरप्रमुख बुढाथोकीले यो अवसरका लागि प्रदेश प्रमुख, प्रदेशसभा सदस्यसहित सिङ्गो फाेक्सटन टाउन काउन्सिल तथा मेचीनगर नगरपालिका र फाेस्सटन टाउन काउन्सिल (नगरपालिका) बीच भगिनी सम्बन्ध कायम गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने संयोजक धनकिरण गुरुङलगायत बेलायत देश बेलायतका नागरिकप्रति धन्यवाद ज्ञापन गर्नुभयो । 

उहाँले यो भगिनी सम्बन्ध यी दुई पालिकाबीच मात्र नभएर नेपाल र बेलायत तथा दुई देशका नागरिकबीच भएकाे स्पष्ट पार्दै यो सम्बधले दुई देश र यी देशका नागरिकबीच परस्पर एकताकाे सुत्रमा बाध्ने विश्वास व्यक्त गर्नुभयो । अब यो भगिनी सम्बन्धलाई अझ प्रगाढ र उच्च शिखरमा पुर्याउन सवैकाे साथ सहयाेग र समन्वयकाे खाचाे नगर प्रमुख बुढाथोकीले ओैल्याउनुभयाे । 

नेपालसहित मेचीनगर नगरपालिका बेलायत र बेलायतका नागरिककाे उन्नति प्रगति चाहाने प्रदेशसभामा सम्बाेधनका क्रममा उहाँले स्पष्ट पार्नुभयाे । सम्बाेधनका क्रममा नगरप्रमुख बुढाथोकीलाई केन्ट काउन्टी प्रदेशको प्रदेश प्रमुख बस्ने कुर्सी आसनकालागि प्रदान गरिएकाे द गाेर्खा मेमोरियल फाउन्डेसन युकेका संस्थापक अध्यक्ष समेत रहनुभएका संयोजक धनकिरण गुरूङले जानकारी दिनुभयाे । यसरी आफ्नै गृहनगरका नगरप्रमुखले यो अवसर प्राप्त गर्नुभएकाेमा उहाँले आफु अत्यन्तै खुशी र गाैरावन्तित भएकाे बताउँनुभयाे ।

नगर प्रमुख , उपप्रमुखसहित ७ सदस्यीय नेपाली प्रतिनिधि मण्डल बेलायतको फाेक्सटन टाउन काउन्सिल र द गाेर्खा मेमोरियल फाउण्डेशन बेलायतको ओैपचारिक निमन्त्रणामा बेलायत पुगेकाे छ । यसअघि प्रतिनिधि मण्डललाई 

बेलायतको अन्तर्राष्ट्रिय विमानस्थल हिथ्राे टर्मिनल फाेरमा स्वागत गरिएकाे थियो  ।

फाेक्सटन टाउन काउन्सिल , डिष्ट्रिक काउन्सिल र केन्ट काउन्टी काउन्सिल ( तीनवटा स्थानीय सरकारकाे ) प्रतिनिधित्व गर्दैँ बेलायत केन्ट काउन्टी काउन्सिलर  प्रमुख (मेयर) जेकी मिड , फाेक्सन टाउनका उपप्रमुख, पुर्व काउन्सिलर धनकिरण गुरूङ, फाेक्सटन नेप्लिज कम्यूनिटीका अध्यक्ष झपिन्द्र थापा, झापा समाज युकेका प्रतिनिधिहरू विवेक मेचे, सुरज मेचे,रेशु फि्याक, सूर्य गुरूङ, भक्तिकुमार आङ्गदम्वेलगायत  स्वागत गर्दैँ विभिन्न कार्यक्रममा सहभागी गराउनु भएकाे हाे।

नाेभेम्वर ८ तारीख नेपाल फर्किने याेजना रहेकाे र यस अबधिमा उहाँहरू विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुनुहुने छ ।  उहाँहरूकाे सम्मानमा  द गाेर्खा मेमाेरियल फाउन्डेसन यूके, फाेक्सटन नेप्लिज कम्यूनिटी, झापा समाज युकेले स्वागत सम्मानसहित रात्रीभाेजकाे कार्यक्रम तय गरेकाे कम्यूनिटीका अध्यक्ष झपिन्द्र थापाले जानकारी दिनुभयाे ।