अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने


काठमाडौं-प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

आज बस्ने प्रतिनिधिसभा बैठकमा बोल्नका लागि समय माग गरेकाे सभामुख देवराज घिमिरेको सचिवालयले जनाएकाे छ।

अध्यक्ष ओलीले सरकारको प्रधानमन्त्रीको विदेश भ्रमणलगायत पछिल्ला समसामियक राजनीतिक घटनाक्रमबारे सम्बोधन गर्ने बताइएको छ।

गत आइतबार बसेकाे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले आफ्नाे भ्रमणकाे बारेमा जानकारी गराउनु भएकाे थियो ।