अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश अधिवेशनमा झापाका ९३ जना उम्मेदवार मध्ये विजयी हुने ३२ जना को-को हुन् ? (मतसहित)

प्रदेश अधिवेशनमा झापाका ९३ जना उम्मेदवार मध्ये विजयी हुने ३२ जना को-को हुन् ? (मतसहित)


विराटनगर- नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा झापाको भौगोलिक क्षेत्रबाट उम्मेद्वार भएका करिब ९३ जना मध्ये ३२ जना सदस्य पदमा विजयी भएका छन् ।
निर्वाचन समितीले जारी गरेको अन्तिम मत परिणाम अनुसार २१५ सदस्यीय कोशी प्रदेश कमिटीमा एक उपसचिव सहित ३३ जनाले प्रतिनिधित्व गर्नेछन् ।
निर्वाचन परिणाम अनुसार निर्वाचित हुने सदस्यहरुमा एकराज कार्कीको ५०६ मत,गणेश पोख्रेल ४७८,भोला परियार ४५६,घनश्याम अधिकारी ४३७, होमबहादुर थापा ४२३ र देवकुमार राईले ४२०,सोमनाथ पोर्तेल ४१४ मत प्राप्त गर्नुभएको छ । यसैगरी राजकुमार थापा ४०३, मञ्जु प्रसाईं ४०३, बसन्त बाँनिया ३८७,कमला थापा मगर ३९६,पवित्रा महत्तारा ३८८,अम्बिका प्रसाद खनाल ३८२,कुमार भुजेलले ३८२ प्राप्त गर्नुभएको छ । यसैगरी इन्दिरा बस्नेत ३६५,अमरदाश शिवाकोटी ३६०,लक्ष्मीकुमार राई ३६०, मिरा भूर्तेल ३५८,गजेन्द्र ताम्लीले ३५७ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी सन्तलाल मेचे ३४८, कमला खतिवडा आचार्य ३३७,लोकबहादुर धिमाल ३३३,वेनुप्रसाद शिवाकोटी, निर्मला पाठकले ३२३ मत प्राप्त गर्नुभएको छ । यस्तै चन्द्रकुमार शेर्मा ३२१,सुमित्रा भण्डारी ३०४ मत ,मोहन विश्वकर्मा २८९ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।
४० वर्ष मुनिका युवा विद्यार्थीहरुमा सर्वसम्मत हुनेहरुमा अनिता कन्दङ्वा,नीता घतानी,सुशिल राई,सुमन नेम्वाङ रहेका छन् ।

हलबाट एलपी साँवा,विमला बिक,निरु परियार,उमेश डालमिया,अमिर लिङ्देन लगायत नेताहरु विजयी हुनु भएको छ ।