अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशका पदाधिकारीलाई सपथ ग्रहण गराउन अध्यक्ष ओली विराटनगरमा

कोशी प्रदेशका पदाधिकारीलाई सपथ ग्रहण गराउन अध्यक्ष ओली विराटनगरमा


विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका पदाधिकारीलाई सपथ ग्रहण गराउन विराटनगर पुग्नु भएको छ ।
एमाले मोरङका अध्यक्ष ऋषी पोखरेलका अनुसार दिएको जानकारी अनुसार कोशी प्रदेशको अधिवेशनबाट अध्यक्षमा निर्वाचित घनश्याम खतिवडा लगायतका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई कञ्चनजंघा पार्टी प्यालेस पाञ्चालीमा आयोजना अहिले ११ बजे आयोजना हुने कार्यक्तममा अध्यक्ष ओलीले सपथ ग्रहण गराएर प्रशिक्षण दिने कार्यक्रम रहेको छ । अध्यक्ष ओली आजै १२.४५ मा काठमाडौं फर्कने कार्यक्रम छ ।

एमाले कोशीको अधिवेशन उद्घाटन अध्यक्ष ओलीले असोज १२ गते गर्नुभएको थियो । अधिवेशनले उपाध्यक्षमा टिकाराम चेम्जोङ,सचिवमा राजकुमार भण्डारी उपसचिवमा देवान राई र जलवर्षा राजवंशीलाई सहित २१५ सदस्यीय समिती निर्वाचित गरेको छ ।