अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकुल बास्कोटाको प्रश्न– अहिले पार्टीका साथी खुइल्याउन सक्रियहरू पार्टी संकट पर्दा कति सक्रिय थिए ? 

गोकुल बास्कोटाको प्रश्न– अहिले पार्टीका साथी खुइल्याउन सक्रियहरू पार्टी संकट पर्दा कति सक्रिय थिए ? 


काठमाडौँ–नेकपा एमालेका नेता गोकुल बास्कोटाले अहिले पार्टीका साथीहरुलाई खुइल्याउन सक्रिय रहेकाहरु पार्टी संकटमा पर्दा कति सक्रिय थिए भन्दै प्रश्न गर्नुभएको छ । 

आज सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले अहिले पार्टीका साथीहरुलाई खुइल्याउनेहरु पार्टी संकटमा पर्दा र विपक्षसँग लड्दा कति सक्रिय थिए भन्दै प्रश्न गर्नुभएको हो । 

उहाँले लेख्नुभएको छ, ‘विशाल वृक्षको डालीमा पनि चरा बस्दा र उड्दा दुई पटक हलचल उत्पन्न हुन्छ तर डाली भाँचिँदैन ।अहिले पार्टीकै साथीहरु खुइल्याउन सक्रिय केही साथीहरु पार्टीलाई वास्तविक संकट पर्दा र विपक्षीसँग लड्दा कति सक्रिय थिए त ?’ 

नेता बास्कोटाले डिष्ट्रक्टिव चेतना कहिल्यै कन्ट्रक्टिव नहुने रहेछ भन्दै यो समयको अन्त नभएको पनि बताउनुभयो ।