अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश मध्यावधिमा जानु हुँदैन: अध्यक्ष ओली

कोशी प्रदेश मध्यावधिमा जानु हुँदैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गर्नु भएकाे छ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले अहिले मध्यावधि तर्फ जानु उचित नभएको तर्क गर्नुभयो । 

अध्यक्ष ओलीले मध्यावधि गए अरू दलको सिट घट्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले हामीले ४० सिट जितेका छौँ अब  १५ सिट बढाउँछौं। एमाले मध्यावधिमा जान डराउँदैन । तर अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन।’