अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस भ्रष्टाचार विरुद्ध बोल्न सक्दैन: अध्यक्ष ओली

कांग्रेस भ्रष्टाचार विरुद्ध बोल्न सक्दैन: अध्यक्ष ओली


विराटनगर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई बोल्नै नसक्ने तथा बेथिति र विकृति नदेख्‍ने अवस्थामा पुगिसकेको आरोप लगाउनु भएको छ।

मंगलबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हाे।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देशमा काँग्रेस कहाँ छ ? घोच्दा दुख्छ दुख्दैन भनेर काँग्रेसका नेताहरूलाई सोध्नु ऊ बोल्दैन। विचरा काँग्रेसका नेताहरू ! राजनीतिक गर्ने पार्टीले बोल्नु पर्थ्यो । तर ऊ बोल्दैन, बोल्ने हविगत पनि छैन। अब कांग्रेस बोल्न सक्दैन।’

देशमा भ्रष्टचार बढ्दासमेत कांग्रेस नबोलेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)को चीन भ्रमण उपलब्धिमूलक नभएको समेत दाबी गर्नुभयो।  ‘उहाँ सन्चै जानुभयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैन’ ओलीले भन्नुभयो।

महाकालेश्वरदेखि मानसरोवर सम्मको धार्मीक यात्रालाई उहाँले पाप पखाल्न गएको आरोप लगाउनु भयो। ‘तपाईंहरू घरमा पूजा लगाउनु हुन्छ नि,’ ओलीले भन्नुभयो ‘कसले कत्रो पाप गरेको छ उसले उत्रै पूजा लगाउँछ। उहाँको यात्रा पनि त्यस्तै हो।’

जेठ १७ देखि भएको भारत भ्रमणका क्रममा प्रचण्डले मध्यप्रदेशस्थित उज्जैनमा महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए। चीन भ्रमणमा गएका प्रचण्डले  कैलाश मानसरोवर गएका थिए।

,